१६ असार २०८३, मंगलबार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८०, चुकुन्दर ५० आभोकाडो ६०० रुपैयाँ र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा ५० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतीय आलु ३८ रूपैयाँमा कारोबार हुदाँ स्थानीय काउली १५, लौका ६०, कागती २४०, लोकल काक्रो ७०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

तराई गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा १०, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६८, हरियो प्याज ५० र पुदीना १५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।