३ श्रावण २०८३, आइतबार

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २१ चैत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पूरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिनुभएको छ ।

मंगलबार दिनभर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।