७ श्रावण २०८३, बिहिबार

दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ चैत । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

उहाँको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रबार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उहाँलाई लागेको थियो । विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेको छ ।