बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने ३ पक्राउ

दैनिक नेपाल २०८० चैत २१ गते ६:३१

काठमाडौं, २१ चैत । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौं टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।

केदार चौधरीले युके पठाइदिने भन्दै ३०/३५ जना व्यक्तिबाट रु नौ लाखदेखि २० लाखसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुर्‍याइ पीडितबाट करिब रु छ करोड लिई फरार भएका थिए ।

त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै रु ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै रु सात लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।

उनीहरुलाई सोमबार पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरी उपरिक्षक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित