१ कार्तिक २०८३, आइतबार

नेपाल टेलिकमद्वारा आलाकार्टा प्रणाली लागू

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरूका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी आलाकार्टा प्रणाली लागू गरेको छ ।

योसँगै अब ग्राहकले बेसिक प्याकेज वा प्रिमियममा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप प्याकेजहरु खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्ने छ । बेसिक प्याकेज लिएका ग्राहकहरुले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेन्यूमा गएर आफै खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।