
काठमाडौं, २० चैत । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
१०औं जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी निवर्तमान जिल्ला अध्यक्षसमेत रहनुभएका कमल नेपालले ३४९ मत पाउनुभयो ।
यस्तै, उपाध्यक्षमा अर्जुन भण्डारी विजयी हुनुभयो । उहाँले ३४५ मत पाउँनुभयो । यस्तै, सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित भएको छ ।
खुला उपसचिवमा शिवहरि सापकोटा निर्वाचित हुनुभएको छ भने महिला उपसचिवमा सुशीला पाख्रिन विजयी हुनुभयो । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरको हो ।








प्रतिक्रिया