
काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद रोकिने संकेत देखिएको छ ।
पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो।
अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीय सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।
अध्यक्ष रन्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउदै आउँदै भएको छ भने संरक्षक चौधरी भने त्यसको विपक्षमा हुनुहुन्छ ।
श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाउनुभएको छ ।








प्रतिक्रिया