३२ असार २०८३, बिहिबार

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ ।

सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।

यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।