बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

गीतकार दावा तामाङको नयाँ गीत ‘आउन नजिक’ सार्वजनिक

दैनिक नेपाल २०८० चैत २० गते १०:५०

काठमाडौं, २० चैत । गीतकार दावा तामाङको नयाँ गीत ‘आउन नजिक’ को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको  गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ ।

गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशनमार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ । बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल हुनुहुन्छ ।

यस भिडियोको छायांकन दुर्गा श्रेष्ठले गर्नुभएको छ भने भिडियो सम्पादन अर्जुन खड्काले गर्नुभएको छ । ए जे अजुको व्यवस्थापनमा सुटिङ सम्पन्न भएको थियो । भिडियोलाई रन्जित सुनारले निर्देशन गर्नुभएको हो ।

नयाँ तथा पछाडि परेका, प्रतिभा भएका कलाकारहरुलाई मौका दिनुपर्ने गीतकार तामाङ बताउँनुहुन्छ ।

गीतकार तामाङका धेरै गीतहरु आइसकेका छन् । गीतहरुको बजारमा यस भिडियोले पनि दर्शक स्रोताको मन जित्नेमा विश्वस्त रहेको गीतकार तामाङले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित