१२ असार २०८३, शुक्रबार

बागमतीमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० चैत । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको रमा आलेमगरले शपथ लिनुभएको छ ।

आज बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

सोमबार साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आलेमगरलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मन्त्रालयको जिम्मेवारी सात दिनभित्र टुंग्याउने प्रतिबद्धता मुख्यमन्त्रीले जनाउनुभएको आलेमगरले बताउनुभयो ।