
काठमाडौं, २० चैत । समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो ।
सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार वटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम हुने र कार्यक्रमलाई चार वटै दलका अध्यक्षहरूसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएयता समाजवादी मोर्चालाई सत्ता रक्षा गर्ने कवजकारुपमा निरन्तर सक्रिय बनाउँदै आउनुभएको छ ।








प्रतिक्रिया