२ श्रावण २०८३, शनिबार

गोकर्णेश्वरमा आगलागी, एक जना वृद्धको मृत्यु

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उहाँलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।