२४ असार २०८३, बुधबार

एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनः देवकोटा चयन

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिवेणी (रुकुमपश्चिम), २० चैत । नेकपा (एमाले) रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः नन्दराम देवकोटा निर्वाचित हुनुभएको छ । जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

उहाँको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिनुभयो ।

उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत हमालका अनुसार सहसचिवमा ब्युझना पुन देवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ । समितिको सचिवमा कृष्णभक्त ओली रहनुभएको छ ।

सोमबार नवनिर्वाचित जिल्ला समितिको नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको छ ।

नवनिर्वाचित जिल्ला अध्यक्ष देवकोटाले सर्वसम्मत नेतृत्व चयन हुनु एमाले रुकुम पश्चिममा एक ढिक्का रहेको सन्देश गएको बताउनुभयो । यसले पार्टीलाई थप सशक्त बन्न सहयोग पुग्ने उहाँको भनाइ छ ।