१६ असार २०८३, मंगलबार

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज सोमबार फेरि नयाँ रेकर्ड राख्न सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।