३ श्रावण २०८३, आइतबार

एसइई परीक्षा कडाई नभएकोमा सांसद झाको आपत्ति

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेशमा कडाईकासाथ एसइई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा २ मिनेट समय माग गरी बोल्नुभएका उहाँले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरीक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरु बाहिर आएको तर त्यसको मूल्य सिगों मधेशले चुकाउन परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मधेश आफैं एसइई परीक्षा हुँदा चीट चोर्नेहरुको चपेटामा पर्दैछ । यसको दोष मधेशले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन् भने मधेश झरौँ न पाइहाल्छ भन्ने छ । एसइई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ । यहीबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेको छन् । तर त्यसको मूल्य मधेशले तिरिराखेको छ । यसको दोष हामी मधेशी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन् ।’

उहाँले मधेशमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिई आवश्यक विधि, पद्दती र कडाइकासाथ परीक्षा गराउन माग गर्नुभयो ।