१४ असार २०८३, आइतबार

प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । प्रस्तावित महालेखापरीक्षक तोयम रायको सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायविरुद्ध उजुरी दिन आह्वान गर्दै दश दिनको समय तोकेको छ ।

संसदका महासचिव पद्यप्रसाद पाण्डेयले सोमबार नयाँ बानेश्वरमा बसेको सुनुवाइ समिति बैठकले रायाविरुद्ध उजुरी दिन दश दिने सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको थियो ।

पूर्वअर्थसचिवसमेत रहनुभएका राय हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी हुनुहुन्छ ।

६ वर्षको पदावधि रहने महालेखापरीक्षकका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।