२९ असार २०८३, सोमबार

महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ)को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो ।

सम्मेलनमा वृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरमले जनाएको छ । कृषि विकासमा महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने कुरा घोषणापत्रमा समेटिएको छ ।

साथै, महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरण गर्ने सँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने लगायतका विषय घोषणापत्रमा समेटिएको फोरमले जनाएको छ ।