१० श्रावण २०८३, आइतबार

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ चैत । नेपाली कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

हेटौंडास्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभामा ११० सदस्य रहेका छन् । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन ५६ मत चाहिन्छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाउनुभएको छ ।