
काठमाडौं, १९ चैत । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेल आज हुँदैछ ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।
अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ्ससँग पराजित भएको थियो ।
नेपालका केही ब्याटरहरुले उत्कृष्ट प्रर्दशन गरेपनि यस अघिका दुवै खेलमा मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र देथ ओभरमा खराब बलिङका कारण नेपालले दुवै खेल गुमाउन पुग्यो ।
सिरिज गुमाइसकेको नेपाल आजको अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ ।
टी–२० सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन् ।








प्रतिक्रिया