१८ असार २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्षा नेपाललाई सहयोग प्रदान गरेको छ।

रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको छ । यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनु हो।

आज एक समारोहकाबीच रक्षा नेपालमा शरण लिइ बसेका महिला तथा बालबालिकाहरुको लागि दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामाग्रीहरु सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले रक्षा नेपालले गरेको उल्लेखनीय मानवीय कार्यको लागि प्रशंसा व्यक्त गर्नुभयो। रक्षा नेपाल जस्ता सस्थाहरुले गर्दा नै समाज प्रति महिलाहरुको अधिकार र मर्यादा कायम रहेको र यस्ता संस्थाहरुले गर्ने महान कार्यमा साथ दिन पाउँदा गर्व महशुस गरेको उहाँले बतउनुभयो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।