३० जेष्ठ २०८३, शनिबार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो लैंगिक समानता र महिला सशक्तिकरण कार्यक्रम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । लक्ष्मी सन्‌राइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ः इम्पावरिङ वुमन इन लिडरसिप–इन्स्पायर इन्क्लुजन’ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राख्नुभएको थियो ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो । यस पहलमा बृहत् मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्थालगायतका योजनाहरू समावेश रहेको उहाँको भनाइ थियो ।

उहाँले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्नुहुँदै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले बैंकमा लैंगिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा तयार रहने बताउनुभयो ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी टर्न ओभर ७ प्रतिशत रहेकोमा लक्ष्मी सन्‌राइज बैंकको १ प्रतिशत भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ ।

हाल बैंकमा ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा अनुपात ४५ प्रतिशत रहेको छ । काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरुले गरिरहेका छन् ।

कार्यक्रमको अन्त्यमा लैगिंक समावेशिता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली ‘आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो ।