
धनगढी, १८ चैत । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको जनाएको छ ।
रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताउनुभयो । उहाँका अनुसार प्रदेशभर भोलि विदा रहनेछ ।
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।








प्रतिक्रिया