३२ असार २०८३, बिहिबार

नेपालगञ्जमा एक युवकको शव फेला

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १८ चैत । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।