
काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनुभएको छ ।
देउवाले यही चैत २० गतेका लागि बैठक आह्वान गर्नुभएको हो । बैठक देउवा निवास बूढानीलकण्ठमै बस्ने जानकारी दिइएको छ ।
कार्यसम्पादन समिति बैठकलगत्तै संसदीय बैठक बस्ने बताइएको छ संसदीय बोर्ड बैठकले उपनिर्वाचनका लागि इलाम-२ र बझाङको प्रदेश सभा क्षेत्र १ को उम्मेदवार तय गर्ने बताइएको छ ।









प्रतिक्रिया