१८ असार २०८३, बिहिबार

दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १८ चैत । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधीमाई नगारपालिका-४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन् ।

बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

रौतहटको हुलाकी राजमार्गमा बौधीमाई नपा ४ इनर्वारीका पासवान र परोहा नगरपालिका जिगडवा निवासी अलियासको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।