
काठमाडौं, १८ चैत । महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस हुनुभएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
उहाँलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया