१६ असार २०८३, मंगलबार

एनआरएनएद्वारा भोजपुरका अग्निपीडितलाई जस्तापाता सहयोग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १८ चैत । भोजपुरका अग्निपीडितलाई जस्तापाता वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहतस्वरुप जस्तापाता उपलब्ध गराएको हो ।

आगलागीबाट पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माण गर्न पाँच परिवारका लागि २५ बन्डल जस्तापाता उपलब्ध गराइएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत जस्तापाता वितरण गरिएको एनआरएनएले जनाएको छ ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग गरिएको हो ।

संघका अध्यक्ष डा. बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मल्हम लगाउन प्रयास गरिएको बताउनुभयो ।