२० जेष्ठ २०८३, बुधबार

जसपानिकट समाजवादी किसान महासंघ कर्णालीको अध्यक्षमा थापामगर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १८ चैत । जनता समाजवादी पार्टी (जसपा)निकट समाजवादी किसान महासंघको कर्णाली प्रदेश समिति गठन भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको भेलाले मदन थापामगरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी, मुख्यसचिवमा पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन हुनुभएको छ ।

भेलामा पार्टीका राजनीतिक समितिका सदस्य एवम् महासंघका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लिला सिजापति, महासंघका महासचिव ओमकृष्ण श्रेष्ठ लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

महासंघले आइतबार कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको छ ।