७ असार २०८३, आइतबार

इलाम-२ मा हुने उपनिर्वाचन हामी जित्छौँ : उपमहासचिव ज्ञवाली

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गर्नुभएको छ । ‘निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ ।’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।’

इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताउनुभयो । लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि उपनिर्वाचन विजयीका लागि बलियो आधार भएको बताउनुभयो ।

‘अहिले पार्टीको आन्तरिक एकता बलियो छ, एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी नागरिकको सेवामा खटिएका छौँ ।’ उहाँले भन्नुभयो, ‘इलाम २ मा नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यसपटक एमालेलाई मतदाताले जिताउनुहुनेछ ।’

ज्ञवालीले एमाले कुनै पनि स्वार्थबिना सरकारमा सहभागी भएको बताउनुभयो । ‘यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निराशा अन्त्य गर्नु, आर्थिक सूचक आशलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको छ ।’ उहाँले भन्नुभयो ।

एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ १६ मा निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।