९ असार २०८३, मंगलबार

दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १७ चैत । भैरवी गाउँपालिका–७ पानिपोखरीमा आज दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताउनुभयो । चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा साँझ ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।