८ असार २०८३, सोमबार

बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको जानकारी दिनुभयो ।