२५ जेष्ठ २०८३, सोमबार

नेसपासँग देश विकासको स्पष्ट मार्गचित्र छ : डा‍. बाबुराम भट्टराई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेसपा बागमती र गैरभौगोलिक प्रदेशको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै डा. भट्टराईले वैकल्पिक शक्ति बनाएरै छाड्ने बताउनुभयो ।

उहाँले नेपाल समाजवादी पार्टीले बोकेको एजेन्डा अरू पार्टीकोभन्दा विल्कुलै अग्रगामी रहेको बताउनुभयो । उहाँले नेसपासँग देश विकासको स्पष्ट मार्गचित्र रहेको पनि बताउनुभयो ।

उहाँले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टीजस्तो भएकाले जनताले आफूहरूलाई विश्वास नगरेको बताउनुभयो । अब सत्ताको च्याँखे थापेर पार्टीमा रहनेहरू गइसकेकाले अब शुद्ध वैकल्पिक तथा अग्रगामी सोचका पक्षधर मात्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन् ।’

उहाँले कांग्रेस र कम्युनिस्टले देशलाई निकास दिन नसक्ने भएकोले वैकल्पिक शक्तिको अपरिहार्यता झन् बढेको बताउनुभयो ।