३१ असार २०८३, बुधबार

रुखले च्यापिएर बालकको मृत्यु

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १७ चैत । दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ ।

डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर घाइते भएका थिए ।

डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।