
तनहुँ, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुले जतासुकै गठबन्धन गरे पनि विकासका साझा मुद्दामा सबै एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।
तनहुँको देवघाटमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै उहाँले लोकतन्त्रवादी तथा समाजवादीले भविष्यलाई स्वर्ग बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ । तर, हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौं ।’
विदेश पलायन भएर यहाँ केही नभएको भन्दै कुरा काट्नु पनि अनुचित भएको उहाँले बताउनुभयो । गठबन्धन जो जता भए पनि विकासमा राजनीतिक दलका नेताहरु एक हुनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया