१ असार २०८३, सोमबार

गृहमन्त्रीमाथि संसदीय छानविन माग पूर्वाग्रहबाट प्रेरित : महेश बर्तौला

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको बताउनुभएको छ ।

शनिबार सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि उहाँले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसबारेमा आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरिनु परेको बदलाको रुपमा उठाएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘तत्काल सरकारबाट बाहिरिन परेको बद्लाको रुपमा उहाँहरुले विषयवस्तु राख्नुभएको हो । यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ । एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ । यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ । सिङगो देश र जनतालाई के भन्न्न खोज्नुभएको हो, उहाँहरुले धैर्यता राख्नुपर्छ । संसदीय समिति आवश्यकता नभई पूर्वाग्रहको आधारमा प्रेरित होकि भन्ने देखिएको छ ।’

भोलिदेखि लगातार चार दिन बैठक जाने भन्दै उहाँले भोलि प्रतिनिधि सभा अघि थप छलफलको लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको पनि जानकारी दिनुभयो ।