१४ असार २०८३, आइतबार

२० वटा दुर्लभ घडियाल गोही राप्ती नदीमा छाडियो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । बाँकेस्थित राप्ती नदीमा शनिबार २० वटा घडियाल गोही छाडिएको छ ।

चलिरहेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा नदीमा सात वर्षका २० वटा गोही छाडेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकबाट २० वटा घडियाललाई प्राकृतिक बासस्थानमा छाडिएको हो । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिमा गोही छाडिएको छ ।