
मकवानपुर, १७ चैत । बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दवाव आएको खुलासा गर्नुभएको छ ।
चितवनको सौरहामा भएको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दवाव आएको उल्लेख गर्नुभयो ।
गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दवाव आएको तर आफू दवावबाट प्रभावित नहुने उहाँको भनाइ रहेको छ ।
सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भुमिकामा मात्र रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘मलाई सभामुख बनाउने पार्टीबाट दवाव आएपनि म त्यो मान्दिन । म खेलाडी हैन रेफ्री हुँ । म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउँछु ।’








प्रतिक्रिया