२८ असार २०८३, आइतबार

बुवाको दाहसंस्कार गरेर फर्किँदै गर्दा परिवार नै खस्यो त्रिशूलीमा

14k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कँदै गरेको खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कँदै थिए ।

पशुपति आर्यघाटमा बुबाको अन्तिम संस्कार गरेर क्रिया बस्नको लागि गोरखा फर्कँदै गर्दा दुर्घटना हुँदा उनीहरूले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सीमा सवार सबै मलामी हुन् । ट्याक्सीमा मृतककी श्रीमती, छोरा, बहिनी, दिदी, भान्जा र ज्वाइँ सवार थिए ।

आज बिहान इच्छाकामना गाउँपालिका –५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतक मध्ये ४ जना एक परिवारका हुन् ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशूली नदीमा हराइरहेका छन् । उनीहरू एकै परिवारका भएको खुलेको छ ।

बुबाको हिजो पशुपतिमा दाहसंस्कार गरी आज बिहानै गोरखाका लागि आउँदै गरेको बेला दुर्घटना गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो । दुर्घटना भएको ट्याक्सी ज्वाइँले चलाएको पाइएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर विशाल तामाङका अनुसार गाडी चालक ३५ वर्षका अर्जुन सिर्मल रोकाय परिवारका ज्वाइँ हुन् । मृत्यु हुने ७० वर्षीया जुनकिरी रोकाय सिर्मलका सासू हुन् भने अन्य दुई ४१ वर्षकी हरिमाया रोकाय र २८ वर्षकी अञ्जना जुनकिरीकी छोरी हुन् । ९ वर्षका बालक आगमन नगरकोटी जुनकिरीकी छोरीकी छोरा हुन् । जुनकिरीका अर्का नाती १८ वर्षका दिवस अझै हराइरहेका छन् ।