२३ जेष्ठ २०८३, शनिबार

बागमती सरकारमा एमाले सहभागी हुँदै, जगन्नाथ थपलिया मन्त्री बन्दै

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया

हेटौंडा, १७ चैत । नेकपा (एमाले) बागमती प्रदेश सरकारमा सहभागी हुनेभएको छ । केन्द्र सत्ता समीकरणअनुसार एमाले बागमती सरकारमा सहभागी हुन लागेको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको र त्यसमा एमाले सहभागी हुने निश्चित भएको नेताहरूले बताएका छन् ।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया मन्त्री बन्दै हुनुहुन्छ । स्रोतका अनुसार उहाँले आज आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिनुहुनेछ ।

थपलियाको पद तथा गोपनीयताको शपथ आजै साँझ ५ बजेका लागि तय भएको बताइएको छ ।