सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

४ दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला

दैनिक नेपाल २०८० चैत १६ गते ११:३६

चितवन, १६ चैत । चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ ।

गत सोमबारदेखि हराइएका १२ वर्षीय बालकको शव चार दिनपछि नारायणी नदीमा फेला हो ।

भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आइतबारदेखि हराएका थिए । उनी हराएपछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार विगत ४ दिनदेखि हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका–१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो ।

बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित