आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

हानेपाले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

दैनिक नेपाल २०८० चैत १६ गते ११:००

हेटौंडा, १६ चैत । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशमा हालै मन्त्रीमा नियुक्त हुनुभएका पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य कारबाही गर्ने तयारी गरेको छ ।

हानेपाले हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी हुनुभएका नेता बज्राचार्यलाई कारबाही गर्ने भएको हो ।

शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले बज्राचार्य पार्टी निर्णय विरुद्ध सरकारमा सहभागी हुनुभएको भन्दै उहाँलाई कारबाही गर्ने जनाउनुभएको हो ।

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमती गर्दै सरकारमा सहभागी हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित