शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एसइई परीक्षा : सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

दैनिक नेपाल २०८० चैत १६ गते ९:५४

सिरहा, १६ चैत । सिरहामा एसइई परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ ।

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।

निजी विद्यालयहरूले फ्लाप बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्वीर खिचेर समाजिक सञ्जाल ह्वाटसअपमार्फत छ्यासछ्यास्ती बनाइएको छ ।

परीक्षा हल वरिपरी फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरु सक्रियरूपमा बसेका छन् ।

सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जालमार्फत निजी विद्यालयहरुको हात हातमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित