२७ जेष्ठ २०८३, बुधबार

डाक्टर प्रतिभा धौभडेल मृत फेला

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । डाक्टर प्रतिभा धौभडेल मृत फेला पर्नुभएको छ ।

जिल्ला अस्पताल धादिङमा कार्यरत ३४ वर्षीया धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला पर्नुभएको हो ।

उहाँ केही दिनअघि घर बिदामा काठमाडौं आउनुभएको थियो । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उहाँका पतिले उहाँलाई वीरेन्द्र सैनिक अस्पतालमा लैजानुभएको थियो ।

अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गर्नुभएको थियो ।