शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खोलामा नुहाउन गएका युवकको डुबेर मृत्यु

दैनिक नेपाल २०८० चैत १५ गते २०:२५

दैलेख, १५ चैत । भैरवी गाउँपालिका–३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

मृत्य हुनेमा भैरवी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो ।

भैरवी–३ का वडा सदस्य कल्पना विकले भैरवी–३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्ञानबहादुरको निधन भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित