शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित

दैनिक नेपाल २०८० चैत १५ गते २२:१०

उदयपुर, १५ चैत । नेकपा (एमाले) उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ । गएराति भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

राउतसँग प्रतिस्पर्धा गर्नुभएका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गर्नुभएको छ । घिमिरेलाई राउतले १ सय १४ मतान्तरले पराजित गरी उदयपुर एमालेको नेतृत्व लिनुभएको हो ।

यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले विजयी हुनुभएको छ । विजयी लामाले १९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सचिवमा टेकबहादुर राउत विजयी हुनुभएको छ । राउतले १९१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी महेश रोकाले १४० र शम्भु पौडेलले १८३ मत प्राप्त गर्नुभएको छ ।

उपसचिव खुलातर्फ हेमबहादुर खड्का निर्वाचित हुनुभएको छ । खड्का १९४ मत प्राप्त गरी विजयी बन्दा अन्य उम्मेदवारहरु जीवनाथ दाहाल १०८, दुर्गानन्द चौधरी ५३, धर्मबहादुर तामाङ ४६ र मन्दिप राईले ९३ मत प्राप्त गर्नुभएको छ ।

महिला उपसचिवमा गंगा राई २६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खडकाले १२५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सदस्यहरुमा कुनै पालिकामा निर्वाचन र कुनै पालिकामा सर्वसम्मत भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित