शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काँग्रेस अलि बलियो भयो भने बुथ कब्जा गरेर चुनावमा जवरजस्ती गर्छ : केपी ओली

दैनिक नेपाल २०८० चैत १५ गते १८:२१

काठमाडौं, १५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बलियो भयो भने चुनावमा धाँधली गर्ने बताउनुभएको छ ।

आज एमाले झापा जिल्लाको ११औँ अधिवेशन उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले काँग्रेस अलि बलियो भयो भने फेरि पनि बुथ कब्जा गरेर चुनावमा जबरजस्ती गर्ने बताउनुभएको हो ।

काँग्रेसले निषेधको राजनीतिक गरेको उहाँको भनाइ छ । काँग्रेस लोकतान्त्रिक पार्टी नभएको बताउनुहुँदै उहाँले काँग्रेसलाई लोकतन्त्रको रक्षाका विषयमा ‘फुर्ती’ नगर्न चेतावनी दिनुभयो । विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच अध्यक्ष ओलीले नेपालमा पञ्चायतविरुद्ध कहीँकतै आन्दोलन गर्ने वातावरण नभएका बेला आफूहरूले विद्रोहमार्फत झापाबाट आन्दोलन सुरु गरेको स्मरण गर्नुभयो ।

झापा विद्रोहमार्फत आन्दोलन गर्दै पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकाएको उहाँको भनाइ छ । नेपालमा वामपन्थी विद्रोहले देशलाई सही बाटो दिएको उहाँले स्पष्ट पार्नुभयो । देशको राजनीतिक परिवर्तनमा झापाको योगदान अतुलनीय रहेको उहाँको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित