१८ असार २०८३, बिहिबार

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा पदबाट राजीनामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो । अर्याल माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष बन्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) बाटै नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएपछि अर्यालले राजीनामा दिनुभएको हो ।

सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति थियो भने उपाध्यक्ष अन्य दलबाट लिने सहमति अनुसार अर्यालले पद छोड्नु परेको हो ।