शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एसईईका नक्कली परीक्षार्थी पक्राउ

दैनिक नेपाल २०८० चैत १५ गते १३:४९

काठमाडौं, १५ चैत । प्रहरीले दैलेखमा एकजनना नक्कली माध्यामिक शिक्षा परीक्षा एसईई का प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।

नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षा दिन आएका महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय प्रेम न्यौपाने पक्राउ पर्नुभएको हो ।

उहाँ गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिन आउनुभएको थियो । मुखमा मास्क लगाए र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेपछि प्रहरीले सोधिखोजी गर्ने क्रममा नातामा भाइ पर्नेको परीक्षा दिन आएको खुलेको हो ।

न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित