१ असार २०८३, सोमबार

आरजु देउवाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको छ ।

उहाँको हिजो हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँ शल्यक्रियाको लागि गत चैत २ गते नयाँ दिल्ली जानुभएको थियो ।

उहाँको अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको परामर्श अनुसार केही समय अस्पतालमै रहने जानकारी दिइएको छ ।