शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आरजु देउवाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया

दैनिक नेपाल २०८० चैत १५ गते १२:५९

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको छ ।

उहाँको हिजो हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँ शल्यक्रियाको लागि गत चैत २ गते नयाँ दिल्ली जानुभएको थियो ।

उहाँको अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको परामर्श अनुसार केही समय अस्पतालमै रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित