शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता

दैनिक नेपाल २०८० चैत १५ गते १२:०८

फाइल तस्वीर

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

नयाँ सत्ता गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलोपटक बालुवाटार पुग्नुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई संसदको गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको आग्रहमा देउवाले सकारात्मक जवाफ दिनुभएको स्रोतले जनाएको छ ।

यस्तै उहाँहरुबीच संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित